काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न अवरोध सिर्जना गरेको कारण सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक ल्याइएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले सरकारले गरेको राम्रो कामको समेत विरोध गर्ने प्रतिपक्षको धर्म भएको उल्लेख गर्दै यसको कुनै ओखति नभएको तर्क गरे ।
उनले सरकारले कति वटा ऐन संशोधन गर्यो भन्दापनि कानूनमा कति धेरै समस्या रहेछ भन्नेकुरा बुझ्न जरुरी रहेको बताए । उनले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई सत्तापक्षले फुलमाथिको बुट्टा र सुनमाथिको सुगन्ध जस्तो मानेको उल्लेख गरे ।
उनले भने, ‘सत्तापक्षले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई फुलमाथिको बुट्टाजस्तो र सुनमाथिको सुगन्ध जस्तै लागिरहेको छ । मेरो उत्तर यत्ति हो यसमा । गलत रहेको देखाइराख्ने त प्रतिपक्षको धर्म नै रहेछ । यसको पनि ओखति छैन जस्तो लाग्छ मलाई । १२ ऐन हामलिे संशोधन गर्यौं । हामी सबैको शत्रु भनेको कुशासन हो । जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने जुन परिस्थिति बनेको छ र विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न नसक्ने जुन खालको अवरोध सिर्जना गरेको छ ।’
‘वाधा व्यवधान सिर्जना गरेको छ । त्यसकारणले कति वटा ऐन संशोधन गरेर ल्याइयो भन्दापनि कति धेरै समस्या रहेछ भन्नेकुरा बुझ्नुपर्दछ । यति धेरै कानूनहरु सुशासनको लागि वाधक रैछ भनेर हामीले यो विधेयक ल्याएको हो’ उनले बताए ।
विधेयकले योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गरी विदुषि योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय राख्ने प्रश्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस्