काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सुरक्षित कारोबार सम्बन्धी कानून संशोधन गरिएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सांसदहरुका प्रश्न एवं जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेकोले सुरक्षित कारोबार ऐन संशोधन विधेयक ल्याउनुपरेको बताए ।
सुरक्षित कारोबार ऐनले मुलत: चल सम्पतीको धितोमा हुने कारोबारलाई सुरक्षित, व्यवस्थित एवं प्रभावकारी बनाई चल सम्पती उपरको दायित्व परिपालना गराउने उद्देश्य लिएको उनका भनाइ छ । उनले चल सम्पतीको धितोमा हुने कारोबारमा विश्वव्यापी रुपमा आएको परिवर्तन र साविकको कानूनी व्यवस्थाको कार्यान्वयनबाट प्राप्त विश्लेषणसहितको आधारमा प्रश्तुत संशोधन विधेयक संशोधन गरिएको जानकारी गराएका छन् ।
विधेयकमा अधिकार पत्र, खरिद मूल्यसम्बन्धी धितोको हक, चल सम्पत्ति, दायित्व परिपालना नभएको अवस्था, धितो दिने व्यक्ति, धितोको सम्पती लागयतका शब्दावलीहरुलाई थप स्पष्ट गरी उल्लेख गरिएको मन्त्री पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्