काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ । सो तथ्यांक अनुसार अझै पनि बैंकहरुले कर्जा असुलीमा समस्या भोगिरहेको देखिन्छ ।
बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक विवरण अनुसार २० वाणिज्य बैंकहरुको औषत खराब कर्जा ३२ प्रतिशतले बढेको छ । बैंकहरुको औषत खराब कर्जा ४.८२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो औषत ३.६५ प्रतिशत रहेको थियो ।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार दुई वाणिज्य बैंकबाहेक सबै बैंकको खराब कर्जा बढेको छ । २० वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको मात्र खराब कर्जा घटेको छ भने १८ बैंकहरुको खराब कर्जा बढेको छ ।
चालु आवको तेस्रो त्रैमासिक अवधिमा एभरेष्ट बैंकको खराब कर्जा अनुपात ०.६४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.७० प्रतिशत रहेको थियो भने स्टान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा अनुपात १.४४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो अनुपात २.१४ प्रतिशत रहेको थियो ।
यो अवधिसम्म सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको रहेको छ । बैंकको खराब कर्जा अनुपात ७.६८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा अनुपात ४.९६ प्रतिशत थियो ।
यस्तै, कुमारी बैंकको ६.९८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.०६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.८६ प्रतिशत, एनआइसी एशिया बैंकको ५.७५ प्रतिशत, सिटिजन्स बैंकको ५.७१ प्रतिशत, प्राइम कमर्सियल बैंकको ५.६५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत रहेको छ ।
त्यसैगरी, ग्लोबल आइएमई बैंकको खराब कर्जा ४.९८ प्रतिशत, कृषि विकास बैंकको ४.९८ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, एनएमबी बैंकको ४.४७ प्रतिशत, नेपाल एसबीआई बैंकको ४.०६ प्रतिशत र सिद्यार्थ बैंकको ४.०४ प्रतिशत खराब कर्जा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्