Skip to content
Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुको औषत खराब कर्जा ४.४८ प्रतिशत, कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ । सो तथ्यांक अनुसार अझै पनि बैंकहरुले कर्जा असुलीमा समस्या भोगिरहेको देखिन्छ ।

बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक विवरण अनुसार २० वाणिज्य बैंकहरुको औषत खराब कर्जा १.०९ प्रतिशतले बढेको छ । बैंकहरुको औषत खराब कर्जा ४.४८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो औषत ३.३९ प्रतिशत रहेको थियो ।

बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एक वाणिज्य बैंकबाहेक सबै बैंकको खराब कर्जा बढेको छ । २० वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंकको मात्र खराब कर्जा घटेको छ भने १९ बैंकहरुको खराब कर्जा बढेको छ । एभरेष्ट बैंकको खराब कर्जा अनुपात ०.६६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.७७ प्रतिशत रहेको थियो ।

यो अवधिसम्म सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको रहेको छ । बैंकको खराब कर्जा अनुपात ६.९६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा अनुपात ४.९७ प्रतिशत थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ५.८६ प्रतिशत रहेको छ । गत आवमा बैंकको यस्तो कर्जा ४.७५ प्रतिशत रहेको थियो । त्यस्तै, लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.६७ प्रतिशत, प्रभु बैंकको ५.०६ प्रतिशत रहेको छ ।

त्यसैगरी, नेपाल बैंकको खराब कर्जा ४.९९ प्रतिशत, हिमालयन बैंकको ४.९८ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.९६ प्रतिशत, नबिल बैंकको ४.९३ प्रतिशत र कृषि विकास बैंकको ४.९० प्रतिशत खराब कर्जा पुगेको छ ।

त्यस्तै, चालु आवको दोस्रो त्रैमासिकसम्ममा एनआईसी एसिया बैंकको खराब कर्जा ४.६१ प्रतिशत, सिटिजन्स बैंकको ४.८५ प्रतिशत, ग्लोेबल आइएमई बैंकको ४.८६ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५४ प्रतिशत, नेपाल एसबीआई बैंकको ३.५५ प्रतिशत, एनएमबी बैंकको ३.९६ प्रतिशत, सानिमा बैंकको ३.२२ प्रतिशत, सिद्धार्थ बैंकको ४.५० प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.७१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्