Shikhar Insurance
National Life

सामाजिक सुरक्षा कोषमा अझै बढ्न सकेन आकर्षण, कार्यविधि संशोधनले बढ्ला त ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २०, मंगलवार १३:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । औपचारिक क्षेत्रका ५ लाख ६५ हजार श्रमिक सामाजिक सुरक्षामा सरकारले शुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि आकर्षण कम देखिएको छ । सामाजिक सुरक्षा कोषकाअनुसार २० हजार १ सय ९० प्रतिष्ठानमा काम गर्ने ५ लाख ६५ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सहभागि भएका छन् ।

२०७८ को जनगणनाअनुसार नेपालको कुल श्रमशक्ति करिब १ करोड ६८ लाख रहेको अनुमान छ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको संख्या २५ लाखदेखि ३५ लाखसम्म हुनसक्ने अनुमान छ । औपचारिक क्षेत्रकै ठूलो जनशक्ति अहिलेसम्म सामाजिक सुरक्षा कोषमा जान सकेको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आकर्षण बढ्न नसकिरहेकै बेला सरकारले भने कार्यविधि संशोधन गरेको छ । सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा योजनामा थप आकर्षण बढाउनकै लागि कार्यविधि पाँचै पटक संशोधन गरिएको र यो लागू भइसकेको बताए ।

संशोधित व्यवस्थाअनुसार पछिल्लो ६ महिनाको योगदानमा कम्तीमा ३ महिना लगातार योगदान गर्ने योगदानकर्ता, उसको पति वा पत्नी र १८ वर्षमुनिका छोराछोरीले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना सुविधा पाउने भएका छन् । योगदानकर्तालाई अरु दुर्घटनामा ७ लाख नबढ्नेगरी र कामको सिलसिलामा भएको दुर्घटनामा भने लागेको सबै व्यहोर्ने व्यवस्था छ ।

कोषमा योगदान गर्न शुरु गरेका योगदानकर्ताले पहिलो तीन महिनाको लगातार योगदान गरेपछि सुविधा प्रारम्भ हुनेछ भने श्रम सम्बन्ध अन्त्य भई योगदान गर्न छाडेको ३ महिनासम्म लागू रहने जस्ता नयाँ व्यवस्था राखिएको छ । सामाजिक सुरक्षा कोषमा हालसम्म ७५ अर्ब ३६ करोड संकलन भइसकेको छ । यो कार्यक्रम अघिल्लो पटक प्रधानमन्त्री भएका बेला केपी ओलीले शुभारम्भ गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्