Shikhar Insurance
National Life

‘उक्साहटमा ग्लोबल आईएमई बैंकमाथीको आक्रमण गलत’-राष्ट्र बैंकका निर्देशक पौडेल

सिंहदरबार संवाददाता
२०८१ माघ २४, बिहीबार ०९:११
Hyundai
NCELL
NIMB

काठमाडौं । पाथीभरा मन्दिरमा केवलकार निर्माणको विषयलाई लिएर बैकमाथी आक्रमण हुनु गलत भएको राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन् । पौडेलले उक्साहटमा  उच्छृङखल गतिविधिमा नलाग्न आग्रह गरेका छन् ।

निर्देशक पौडेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक – ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार ग़लत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुंदा राम्रो ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाथीभरा केवलकार निर्माणमा केहि बिचौलिया समुहहरु सक्रिय हुदाँ काम रोकिएको छ । ती बिचौलियाहरुले चन्द्रप्रसाद ढकालको नाम जोडेर ग्लोबल आईएमई बैंक माथी समेत आक्रमण गर्न सुरु गरेका हुन् । बिचौलिया गिरोहहरुले सामाजिक संजालमा ग्लोबल आईएमई बैंकमा खाता बन्द गर्ने भन्दै अभियान लचाइरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्