काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकारी राखेको भए उत्तम हुने बताएका छन् । जनकपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्त्व धेरै रहेको बताए । उनले जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको बताए । राजर्षि जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि बताए ।
सभापति देउवाले भने, ‘राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ । अत्यन्तै ऐतिहासिक, धार्मिक र महत्त्वपूर्ण ठाउँ हो जनकपुर । जानकीलाई मैथिली पनि भन्ने चलन थियो पहिला पहिला । त्यसकारणले यो अत्यन्तै सुन्दर ठाउँ हो । अत्यन्तै विकसित भाषा मैथिली बोलिने ठाउँ र साथै पौराणिक ठाउँ भएकाले यसको धेरै महत्त्व छ । मधेस प्रदेशको नाम त जनक प्रदेश राखेको भए भइहाल्थ्यो नि । मधेस प्रदेशको नाम त जानकी प्रदेश राखेको भए भइहाल्थ्यो नि भनेर मैले भनेकै हो । जनक सानो राजा होइनन् । राजा जनकको कुरा सिंगापुर, मलेसिया सबै ठाउँमा जनकको पहिचान छ । कम्बोडियामा जनकको राजधानी रहेको पनि मानिन्छ । थाइल्याण्डको राजा त जनककै सन्तान भन्ने पनि गरिन्छ ।’
सभापति देउवाले थाइल्याण्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्