Skip to content
Shikhar Insurance
National Life

असार १६ गतेदेखि तेह्रथुम पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १:१ को अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो। हकप्रद बिक्री गरेर कम्पनीले ४० करोड रुपैयाँ संकलन गर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हकप्रद सेयर निष्कासनका लागि यस कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार जेठ ४ गतेसम्म कायम सेयरधनीले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

यसमा नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय, नबिल बैंकको तेह्रथुमस्थित छथर, म्याङलुङ्ग, फेदाप र संक्रान्तिबजार शाखा, कुमारी बैंकको मेन्छयायम शाखा र नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयकाबाट पनि आवेदन दिन सकिनेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्