Shikhar Insurance
National Life

टीएएन र केनेक्ट किसानबीच नेपाली चियाको अन्तर्राष्ट्रिय प्रवर्धनका लागि बैठक सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ चैत्र ५, मंगलवार १६:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । कोशी प्रदेशको उद्योग, कृषि र सहकारी मन्त्रालयमा टी एलायन्स अफ नेपाल र केनेक्ट किसानबिच एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ । यस बैठकको मुख्य उद्देश्य नेपालको अर्थोडक्स र विशेष चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्नका लागि रणनीतिहरूमा छलफल भएको छ ।

बैठकमा कोशी प्रदेशका उद्योग, कृषि र सहकारी मन्त्री खगेनसिं हाङगाम, प्रदेश सचिव डा. शरण कुमार पाण्डे, कनेक्ट किसानका निर्देशक राजन दाहाल र टी एलायन्स अफ नेपालका उपाध्यक्ष जीवन नेउपाने लगायतका प्रमुख व्यक्तिहरू उपस्थित रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस बैठकमा चियाको गुणस्तर, उत्पादन प्रविधि र बजार पहिचानका बारेमा विशेष ध्यान दिइएको थियो। नेपालका उत्कृष्ट चियाको विश्वव्यापी बजार विस्तार र चिया किसानहरूको सशक्तिकरणलाई प्रवर्धन गर्ने प्रमुख उद्देश्यका साथ विभिन्न रणनीतिहरू प्रस्ताव गरिएको थियो ।

टी एलायन्स अफ नेपाल र कनेक्ट किसानको संयुक्त प्रयासले नेपालको चिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा मजबुत बनाउन र चिया किसानहरूको आर्थिक समृद्धिमा योगदान पुर्याउने आशा गरिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्