Skip to content
Shikhar Insurance
National Life

तातोपानी भन्सार कार्यालयबाट २ करोडको भेप चोरी, कार्यालय प्रमुख भट्टराई तानिए

Hyundai
NCELL
NIMB

काठमाडौं । तातोपानी भन्सार कार्यालयबाट २ करोड मूल्य बराबरको विद्युतिय चुरोट (भेप) चोरी भएको छ । गत हप्ता भन्सार कार्यालयको गोदामबाट चोरी भएको हो ।

विभाग स्रोतका अनुसार गोदामै काम गर्ने व्यक्तिहरुले चोरी गरेका हुन् । चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विभाग स्रोतले भन्यो, “तातोपानी भन्सार कार्यालयको गोदामबाट २ करोड मूल्य बराबरको भेप चोरी भएको छ । चोरहरुले सिसि टिभीको क्यामेरा फुटाएर चोरी गरेका हुन् । चोरहरुले एउटा क्यामेरा फुटाएपनि अर्को क्यामेरामा भने खिचिएका थिए । सिसिटिभी फुटेजकै आधारमा प्रहरीले भेप चोरीमा संलग्नहरुलाई पक्राउ गरेको हो।”

स्रोतका अनुसार चोरी गर्ने व्यक्तिहरु गोदाममै काम गर्ने मान्छेहरु भएको बताइएको छ । भेप वास्तविक भेप होकी भेपमा सुन थियो भन्ने विषयमा अनुसन्धान भैरहेको छ ।

भन्सार गोदामबाट चोरी भएसँगै कार्यालय प्रमुख उपसचिव कमल प्रसाद भट्टराई विभाग तानिएका छन् । उनको स्थानमा मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडाल सरुवा भएका छन् । यस्तै, मेची भन्सार कार्यालयमा विभागका उपसचिव हरिहर पौडेल गएका छन् ।

भेपमा सरकारले भन्सार मूल्य वृद्धि गरेसँगै भन्सार छलि गर्न चोरी पैठारी बढेको छ । गतवर्ष सुन लुकाएर ल्याएको भेप त्रिवि विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको थियो ।

चोरीमा कार्यालयकै कर्मचारी र सुरक्षा गार्ड सहभागी भएका थिए । अहिले चोरी भएको भेपमा पनि सुन भएको शंका गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्