Shikhar Insurance
National Life

टाटाको ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम : पुराना गाडीसँग ‘टियागो इभी र पन्च इभी’ साट्न सकिने

सिंहदरबार संवाददाता
२०८१ माघ २७, आईतवार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसरमा, माघ २८ देखि फागुन ३ गतेसम्म (१० फेब्रुअरी देखि १५ फेब्रुअरी, २०२५) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्ने भएको छ ।

यस विशेष अवसरमा टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी, जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग साट्न सकिने छ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘एक्सचेन्ज विथ लभ’ योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम नि:शुल्क चार्जिङ्ग, नि:शुल्क इम्बोस्ड नम्बर प्लेट र १ वर्षको वार्षिक सवारी कर, नि:शुल्क चार्जिङ्ग बक्स (जडानसहित) हरेक बुकिङ्गमा आकर्षक उपहारहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, सो अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कम्पनीले अनुरोध समेत गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्