Shikhar Insurance
National Life

वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन सुरु

सिंहदरबार संवाददाता
२०८१ चैत्र ५, मंगलवार १७:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थालेको छ । फागुन ३ गते पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाहमा आएको हो । वारा, जीतपुरको खाने तेल उत्पादक उद्योग, शिवशक्ति प्रा।लि। ले खरिद गरेको सोयाविन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्याङ्क कन्टेनर सुक्खा बन्दरगाहमा आएको हो ।

२० फुटे ९० वटा ट्याङ्क कन्टेनरमा बीस हजार मेट्रिक टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको हो । सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडकमार्गको तुलनामा ढुवानी भाडमा औसत १५ प्रतिशत बचत हुने कुरा तेल आयात कम्पनीका पदाधिकारी बताउँछन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा शुरुमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गो मात्र आउने गरेकोमा मिति २०८० असार १६ (जुलाई ०१, २०२३) देखि लुज कार्गो (कोइला) आउन थालेको थियो । अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु शुरु गरे पश्चात वीरगञ्ज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै बृद्धि हुने भएको छ ।

ट्याङ्क कन्टेनर पूर्णरुपमा शिल भएर आउने भएकोले बाटोमा तेल चोरीका घटनाबाट नहुने भएकोले सुरक्षित रुपमा आयात हुनाको साथै सडक मार्गबाट ढुवानी गर्दा पर्याप्त ट्याङ्कर नपाइने समस्याबाट समेत आयातकर्ताहरुलाई छुटकारा मिल्ने देखिन्छ ।

ट्याङ्क कन्टेनरको सेवा शुरु भएपछि नेपालको अन्तर्राष्ट्रिय व्पापार सहजीकरणमा थप टेवा पुग्नुको साथै वीरगञ्ज सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनले भने, ‘हामीले यसै वर्षबाट कोइलाको व्यवस्थापन गर्न शुरु गर्यौं र अब कच्चा तेलको व्यवस्थापन पनि शुरु गरेका छौं । हामीले हाम्रा बन्दरगाहहरुलाई क्षमता बृद्धि गरिरहेका छौ भने आधुनिकीकरण पनि गरिरहेका छौं ।’

ट्याङ्क कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा आउनु व्पापार सहजीकरणमा सुखद पक्ष रहेको जगुरेलले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्