Shikhar Insurance
National Life

सिरियाको सैन्य प्रशासनद्वारा अल–शारालाई अन्तरिम राष्ट्रपति नियुक्त, सशस्त्र गुटहरू विघटन

सिंहदरबार संवाददाता
२०८१ माघ १८, शुक्रबार ११:१४
Hyundai
NCELL
NIMB

एजेन्सी ।  सिरियाको सैन्य सञ्चालन प्रशासनले संक्रमणकालीन अवधिमा अहमद अल–शारालाई राष्ट्रपति नियुक्त गर्ने घोषणा गरेको छ । अल–शारालाई अब स्थायी संविधान अनुमोदन नभएसम्म अन्तरिम व्यवस्थापिका परिषद् स्थापना गर्ने अधिकार हुनेछ । प्रवक्ता हसन अब्देल घानीले भने कि अल–शारा अन्तरिम राष्ट्रपतिको रूपमा काम गर्नेछन् ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा सिरियाको प्रतिनिधित्व गर्नेछन् । उनले सबै सैन्य गुटहरू र क्रान्तिकारी राजनीतिक निकायहरूलाई राज्य संस्थाहरूमा एकीकरणको साथ तुरुन्तै विघटनको घोषणा पनि गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

४३ वर्षीय अल–शाराले २०१७ देखि एचटिएसको नेतृत्व गर्दै आएका छन् । २०२४ मा असद शासनको पतन र सिरियाली संक्रमणकालीन सरकारको स्थापनामा प्रमुख भुमिका  खेलेका थिए । अन्तरिम विदेशमन्त्री असद हसन अल–शिबानीले अरब सहयोग र क्षेत्रीय तनाव कम गर्ने कुरामा केन्द्रित वाह्य देखिने विदेश नीतिमा जोड दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्