काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासनको लागि अनुमति पाएको छ।
बोर्डले आज (असार ५ गते) संस्थालाई आइपीओ निष्कासनको अनुमति दिएको हो । अब संस्थाले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने रकम बराबरको आइपीओ निष्कासन गर्नेछ।
संस्थाले ५ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ । जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७७ हजार ५ सय कित्ता आइपीओ बिक्री खुला गर्नेछ।
संस्थाको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्