काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई कुल ५.२५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीले हाल काया चुक्ता पूँजी १४ करोड ६१ लाख ३८ हजार ५ सय ८० को दरले बोनस सेयर ५ प्रतिशत र नगद लाभांश कर प्रयोजनार्थ ०.२६ प्रतिशत लिने निर्णय गरेको छ ।
साथै, उक्त प्रस्तासवत बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई अनगामी वार्षिक साधारण सभाबाट पारित पश्चात सेयरधनीले पाउँने एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्