काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सम्पूर्ण तुइन विस्थापन गरी झलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको छ । आज संसद्को संयुक्त सदनमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तुइन विस्थापन गरी झलुङ्गे पुल निर्माण गरिने उल्लेख गरे ।
उनले उच्च तथा दिगो आर्थिक वृद्धिका लागि भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानी प्रवर्द्धन, सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यामका रुपमा विस्तार गरिने लक्ष्य रहेको जानकारी दिएका छन् ।
‘रेलमार्गको विस्तार र विकासलाई निरन्तरता दिइनेछ । अन्तरदेशीय सडक यातायात विस्तारका लागि सडक सञ्जालसँग आबद्ध हुनेगरी प्रमुख राजमार्गको सुधार तथा स्तरोन्नति गरिनेछ’ राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रिय यातायात निजी तथा सार्वजनिक सवारी र यातायात व्यवस्था ऐन, सडक सुरक्षा ऐन तर्जुमा गरिनेछ । सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने, यात्रुलक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सवारी चालकको क्षमता अभिवृद्धि गरी जिम्मेवारी बनाइनेछ ।’
रणनीतिक तथा व्यापारिक महत्त्वका सडकखण्डको क्रमश: निर्माण र स्तरोन्नति गरिने र रुग्ण पुल तथा सडक आयोजनाको सुधार गरिने उनले बताए ।
वैदेशिक सहायतामा सञ्चालन हुने सबै परियोजनाको शीघ्र कार्यान्वयन गरिने र राष्ट्रिय राजमार्गमा विशेष प्रकृतिका पुलहरुको निर्माण गर्ने सरकारको लक्ष्य छ । सुरुङमार्ग, द्रुतमार्गको आधुनिक पूर्वाधार निर्माणमा जोड दिने र सडक निर्माण, सुधार र परिचालनमा तीन तहका सरकारबीच समन्वय गरिने आगामी आर्थिक वर्षको लक्ष्य रहेको छ ।
तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो र वातावरणमैत्री बनाइने लक्ष्य रहेको छ । आगामी आवमा आधुनिक प्रविधिको प्रयोग गरी सार्वजनिक यातायात प्राधिकरणमार्फत यातायात सञ्चालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीय तहको केन्द्रलाई राष्ट्रिय र प्रादेशिक सडक सञ्जालसँग जोडी अन्तर आबद्धता कायम गरिनेछ । प्रादेशिक र स्थानीय सडकहरूको सहलगानी र समन्वयमार्फत कालोपत्रस्तरमा सुधार गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘आपतकालीन आवास र आवासविहीन परिवारहरूका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिइनेछ । तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो र वातावरणमैत्री बनाइनेछ ।’
आधुनिक प्रविधिको प्रयोग गरी सार्वजनिक यातायात प्राधिकरणमार्फत यातायात सञ्चालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था गरिने लक्ष्य रहेको छ ।
नीति तथा कार्यक्रमअनुसार सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीय तहको केन्द्रलाई राष्ट्रिय र प्रादेशिक सडक सञ्जालसँग जोडी अन्तर आबद्धता कायम गरिनेछ । प्रादेशिक र स्थानीय सडकहरूको सहलगानी र समन्वयमार्फत कालोपत्रस्तरमा सुधार गरिने लक्ष्य रहेको छ । आपत्कालीन आवास र आवासविहीन परिवारहरूका लागि आवास निर्माणलाई निरन्तरता दिइनेछ ।
आपत्कालीन आवास र आवासविहीन परिवारहरूका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिइनेछ । कमजोर र अव्यवस्थित सहरी क्षेत्रको एकीकृत विकास गरिने छ । स्थानीय तहका प्रशासनिक भवनहरूको मापदण्डअनुरूप निर्माण गरिने लक्ष्य छ ।
आगामी आर्थिक वर्षमा काठमाडौँ उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र अन्य पर्यावरणीय सुधारका कार्य गरिने लक्ष्य लिइएको छ । काठमाडौँको केन्द्रमास्थित भृकुटीमण्डप क्षेत्रलाई अन्तरराष्ट्रियस्तरको सभासम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कका रूपमा विकास गरिने अर्को लक्ष्य सार्वजनिक भएको छ ।
‘सहरी पूर्वाधारका लागि थप पुँजी परिचालन गर्न नगरविकास कोषलाई पुन:संरचना गर्दै यसको स्वामित्व सङ्घ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाको बीचमा वितरण गरिनेछ । आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाइनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्