काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीले २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९० प्रतिशत बढेको हो ।
गत आवको सोही अवधिमा कम्पनीले २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ३९ करोड १९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४१ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा ३९ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ, कुल बीमाशुल्क ७ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ, खुद बीमाशुल्क ७ अर्ब ५१ करोड २२ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ७.८७ रुपैयाँ, पीई रेसियो ५५.९० र प्रतिशेयर नेटवर्थ १२५.४१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्