काठमाडौं । सर्वाेच्च अदालतले पनि रास्वपा सभापति रबि लामिछानेलाई थुना मुक्त गर्न अस्विकार गरेको छ । सर्वाेच्चका न्यायाधिशद्धय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले लामिछानेलाई थुनामा राख्नुपर्ने उच्च अदालत तुल्सिपुरले गरेको आदेश सदर गरेको हो । सहकारी ठगि प्रकरणमा धरौटी तिर्दै रिहा हुँदै आएका लामिछानेलाई उच्च अदालत तुल्सिपुरले थुनामा राख्न आदेश दिएको थियो ।
रबि पत्नि निकिताले सर्वाेच्च अदालतमा बन्दि प्रत्यक्षिकरणको रिट दायर गरेकी थिइन् । पटक पटक सर्दै सुनुवाई हुँदै सर्वाेच्चले आज रबिलाई थुनामा नराख्न पर्ने मनासिब कारण नदेखिएको फैसला सुनाएको हो ।
रास्वपाले रबि माथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्