Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंकको सिइओ शेरचनको पक्षमा सर्वोच्चको अन्तरिम आदेश जारी, २०८३ माघ १४ सम्म सिइओ बन्न पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनको पक्षमा सर्वोच्च अदालतले कारण देखाउ र अन्तरिम आदेश जारी गरेको छ । कार्यकाल सम्बन्धि विवादमा सर्वोच्चले कारण देखाउ सहित अन्तरिम आदेश जारी गरेको हो ।

प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्ज भएपछि सिइओमा शेरचन नियुक्त भएका थिए । उनको नियुक्ति बदर गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको थियो । सो मुद्दामा उच्च अदालत पाटनले तेस्रो कार्यकालका लागि नियुक्ति लिन नमिल्ने आशयको फैसला गरेको थियो । उच्च अदालतको आदेश विरुद्ध सिइओ शेरचन सर्वोच्च पुगेका थिए ।

सो फैसला अनुसार सिइओ शेरचनको कार्याकाल २०८२ बैशाख ९ गतेदेि सकिदै थियो । उच्चको सो फैसला तत्काल कार्यान्वयन नगराउन न्यायधिस तिलप्रसाद श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।  अब दुबै पक्षलाई बोलाएर छलफल गरेपछि पुर्ण आदेश आउनेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्