Skip to content
Shikhar Insurance
National Life

बैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै सन नेपाल लाइफ

Hyundai
NCELL
NIMB

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत अर्थात हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

यस अनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो । यस अनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ। इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्