Skip to content
Shikhar Insurance
National Life

हकप्रद सेयर निष्कासनको लागि सन नेपाल लाइफको बुक क्लोज मिति तय

Hyundai
NCELL
NIMB

काठमाडौं । सन नेपाल लाइफ इन्सयोरेन्सले हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जसअनुसार वैशाख ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्