Skip to content
Shikhar Insurance
National Life

सुएज नहरको मासिक घाटा ८० करोड अमेरिकी डलर रहेको अनुमान

Hyundai
NCELL
NIMB

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले यस क्षेत्रको अवस्थाका कारण इजिप्टले सुएज नहरको राजश्वमा मासिक घाटा व्यहोरिरहेको बताएका छन् । जुन अनुमानित ८० करोड अमेरिकी डलर रहेको बताए ।

इजिप्टको राष्ट्रपति कार्यालयकाअनुसार सशस्त्र सेनाले आयोजना गरेको वार्षिक रमजान इफ्तार भोजमा सिसिले उक्त टिप्पणी गरे । इजिप्टका राष्ट्रपतिले इजिप्टलाई नयाँ किस्ता वितरण गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै गरेको स्वीकृतिलाई औंल्याउँदै इजिप्टको अर्थतन्त्रले सकारात्मक सूचकहरू देखिरहेको पुष्टि गरे ।

हमास–इजरायल द्वन्द्वको समयमा गाजासँग ऐक्यवद्धता प्रदर्शन गर्न नोभेम्बर २०२३ मा यमनको हुथी समूहले इजरायलीसँग सम्बन्धित जहाजहरूमा आक्रमण गर्न थालेपछि लाल सागरमा तनाव उत्पन्न भएको थियो । जसले गर्दा महत्त्वपूर्ण मानव निर्मित जलमार्ग हुँदै पारवहन प्रभावित भयो ।

जनवरी १९ मा गाजामा युद्धविराम सम्झौता कार्यान्वयनसँगै लाल सागर क्षेत्रमा स्थिरता फर्किएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्