काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.४२ अंकले बढेर २६९४.८२ बिन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार ३ सय १७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३ सय ४१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३ सय ७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार १ सय ८२ कम्पनीको सेयर मूल्य बढ्दा ६५ कम्पनीको सयेर मूल्य घटेको घ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कमपनीको ५५ करोड ५३ लाख बढी संकलन भएको छ । कम्निस्को सेयर मूल्य प्रतिकित्ता २ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।
साथै, बुधबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ३.७३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्