Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे ८ अर्ब बढी

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ८, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अंकले बढेर २७४३.७४ को बिन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ३ सय ९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५ सय ९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार ८१ कम्पनीको सेयर मूलय बढ्दा १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ । नेपाल रि इन्स्योरेन्सको ६५ करोड ६६ लाख बढी कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँ संकलन भएको छ ।

साथै , बिहीबार १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको सेयर मल्य ८.३५ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्