काठमाडौं । साताको दाेस्राे कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अंकले बढेर २७३०.०० को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
अघिल्लो दिन ६९ अंकले बजार बढेर २७२७.५८ को बिन्दुमा पुगेर बन्द भएको थियो ।
सोमबार ३१९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३ सय ४८ कम्पनीको सेर किनबेच हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लाे दिन १३ अर्बकाे काराेबार भएकाे थियाे ।
सोमबार ९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार एनआरएन इन्फ्रष्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ३० लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर १ हजार ३ सय ४६ रुपैयाँ रहेको छ ।
साथै, आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्