काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८६ अंकले बढेर २६८५.७३ को बिन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार ३ सय ७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार १३४ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार एनआरएन इन्फ्राष्ट्रक्रचर एण्ड डेभलपमेन्ट र सिईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३९ करोड ६० लाख २२ हजार रुपैयाँ र सिईडीकोीको ३७ करोड ६७ लाख १५ हजार बढी कारोबार भएको छ ।
साथै, बुधबार १ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्