काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)९.१९ अंकले बढेर २६३१.४८ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
सोमबार ३ सय १८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५ सय ३५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबर संकलन भएको छ ।
सोमबार १ सय ४५ कम्पनीके सेयर मूल्य बढ्दा १ सय ३ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार साहास उर्जाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ९० रुपैयाँ पुगेको छ ।
साथै, सोमबार एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्