काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.०४ अंकले बढेर २६८८.५५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३ सय १४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३ सय २९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६ सय ८२ रुपैयाँ बराबर संकलन भएको छ ।
बिहीबार ङादी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६९ करोड ९० लाख बढी रुपैयाँ संकलन भएको छ भने कम्पनीको सेयर प्रतिकित्ता ३ सय ७९ रुपैयाँ पुगेको छ ।
बिहीबार १ सय ४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार १ कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्