काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.१९ अंकले बढेर २६५.०९ को बिन्दुमा पुगेको हो ।
सोमबार ३ सय २४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८ सय २ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३ सय १९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार राधी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६२ करोड २८ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर मूलय प्रतिकित्ता ८ सय २६ रुपैयाँ पुगेको छ ।
सोमबार १ सय ९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, सोमबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ७.४७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्