Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे ८ अर्ब बढी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.४४ अंकले बढेर २६९३.०६ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३ सय २३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५ सय ४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३ सय ३४ रुपैयाँ बराबर संकलन भएको छ ।

बुधबार ङादी ग्रप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब ५ करोड बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय ९८ रुपैयाँ पुगेको छ ।

बुधबार १ सय ४८ कम्पनीको सेयर मूलय बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ ।

साथै, बुधबार २ कम्पनीको सेयर मूलय स्थिर रहेको छ भने एक कम्पनीको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्