Skip to content
Shikhar Insurance
National Life

मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ७ अर्ब माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९१ अंकले बढेर २६६०.३९ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार २ सय २७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूलय घटेको छ । मंगलबार ३ सय ९ कम्पनीको १ कारोड ५७ लाख ६४ हजार १ रुपैयाँ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार २ सय ८६ रुपैयाँ बराबर कारोबार भएको छ ।

मंगलबार एनआरएन इन्फ्रस्ट्रक्चार एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड १६ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर मल्य प्रतिकित्ता २ हजार १ सय ७३ रुपैयाँ पुगेको छ ।

साथै, मंगलबार सामुदायीक लघुवित्तको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ भने एक कम्पनीको सेयर मूल्य २.१३ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE