Skip to content
Shikhar Insurance
National Life

मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ७ अर्ब ३१ करोड माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ४९.०९ अंकले बढेर २६७७.४५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३ सय १० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४१ करोड ८० लाख बढी संकलन हुँदा कम्पनीको सेयर मूलय प्रतिकित्ता ७ सय ५० रुपैयाँ पुगेको छ ।

मंगलबार २ सय २९ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, मंगलबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ७.३९ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्