Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब २२ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६० अंकले बढेर २६९४.६६ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार ३ सय १४ कम्पनीको २ अर्ब २० करोड ३१ हजार ८ सय ६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९ सय ३३ रुपैयाँ बराबर कारोबार भएको छ ।

सोमबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८७ करोड ४७ लाख ३८ हजार बढी संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ८८ कित्ता पुगेको छ । सोमबार १ सय १५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३३ कम्पनीको सेयर मूल्य बढेको छ ।

साथै, सोमबार दुई कम्पीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ६.२४ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्