काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ मा पुगेको छ ।
आइतबार ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार बढी कारोबार भएको छ ।
आइतबार १९६ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार नेपाल रि इन्स्योरेन्सकोे सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९७ करोड ५३ लाख ७७ हजार ३ सय ३१ रुपैयाँ कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य १ हजार ३ सय २३ रुपैयाँ पुगेको छ ।
आइतबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्तको सेयरमा नकारात्मक सकिर्ट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्