Skip to content
Shikhar Insurance
National Life

६२.२५ अंकले बढ्यो सेयर बजार, १० अर्ब ५१ करोडको कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ मा पुगेको हो ।

बुधबार ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२.६४ रुपैयाँको कारोबार भएको छ ।

बुधबार सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड २० लाख ९६ हजार ८ सय २६ रुपैयाँ कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ सय ३०.५० रुपैयाँ पुगेको छ ।

बुधबार २२७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावरको सेयर ४.४३ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्