Skip to content
Shikhar Insurance
National Life

४०.४७ अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४७ अंकले बढेर २६२३.२१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९ सय ४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८ सय ९४ रुपैयाँ बराबर रुपैयाँ कारोबार भएको छ ।

बुधबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ । कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ७९ रुपैयाँ पुगेको छ । बुधबार २३१ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, बुधबार एक कम्पनीको सेयर मूल्य ५.७४ प्रतिशतले बढेको छ भने एक कम्पनीको सेयर मूल्य ७.२७ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्