काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५२ अंकले बढेर २६४५.२० काे बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
सोमबार ३२६ कम्पनीको ९७ लाख ३९ हजार ७ सय ३८ कित्ता सेयर बिनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबर संकलन भएको छ ।
सोमबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ । कम्पनीके ३२ करोड ६९ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ६६ रुपैयाँ पुगेको छ ।
सोमबार २१० कम्पनीकाे सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ ।
साथै, सोमबार एक कम्पनीको सेयर मूल्य ९.२९ प्रतिशतले बढेको छ भने एक कम्पनीको सेयर मूल्य ४.९२ अंकले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्