Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौँथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ मा पुगेको हो ।

बुधबार ३१७ कम्पनीको १ करोड ७३ हजार ८ सय २२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७ सय ४० रुपैयाँको कारोबार भएको छ ।

बुधबार एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४२ करोड ७५ लाख ६८ हजार रुपैयाँ बढीको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता न्युनतम मूल्य १ हजार ७ सय १७ रुपैयाँ पुगेको छ ।

बुधबार १५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको सेयर ८.०५ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्