Skip to content
Shikhar Insurance
National Life

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८ अर्ब ७३ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौँथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.९६ अंकले घटेर २६२०.२७ मा पुगेको हो ।

बुधबार ३१५ कम्पनीले ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १०५ रुपैयाँको १ करोड ८४ लाख ९६ हजार १ सय ३८ कित्ता सेयर किनबेच गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीले ५९ करोड ३२ लाख ९५ हजार रुपैयाँ बराबरको रकम संकलन गरेको छ । कम्पनीको सेयर प्रतिकित्ता न्युनतम मूल्य ७ सय १६ रुपैयाँ रहेको छ ।

बुधबार ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, आज १ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्