Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.९७ अंकले घटेर २६४६.९५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३ सय १३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४ सय ६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५ सय २२ रुपैयाँ बराबर संकलन भएको छ ।

बुधबार अरुण कावेली पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड २५ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय ७४ रुपैयाँ ५० पैसा रहेको छ ।

बुधबार ६६ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८१ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बुधबार २ कम्पनीके सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्