Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंक्ले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.७३ अंकले घटेर २६५८.९३ को बिन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबार ३ सय १५ कम्पनी १ करोड ५५ लाख ३८ हजार ४ सय १७ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३ सय २४ रुपैयाँ बराबर संकलन भएको छ ।

मंगलबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६० करोड १५ लाख बढी रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ७८ रुपैयाँ पुगेको छ ।

मंगलबार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २ सय १४ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, मंगलबार २ कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्य ४.३८ अंकले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्