Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब ९० करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६९ अंकले घटेर २६६४.४७ बिन्दुमा पुगेर बन्द भएको हो ।

बुधबार ३ सय ७ कम्पनीको २ करोड २० लाख ७० हजार ७ सय ६९ कित्ता किनबेच हुँदा ९ अर्ब ९० करोड ७० लाख ५ हजमर ५ सय ७५ रुपैयाँ बराबर कारोबार भएको छ ।

मंगलबार राधी जलविद्युत आयोजनाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँ बराबर संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय ४९ रुपैयाँ ८० पैसा रहेको छ ।

बुधबार ७७ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७० कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।

साथै, बुधबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.८३ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्