काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८ अंकले बढेर २६५८.०२ को बिन्दुुमा पुगेको छ ।
बिहीबार ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार २ सय ४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २ सय ६८ रुपैयाँ बराबर कारोबार संकलन भएको छ ।
बिहीबार ङादी गु्रप पावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएके छ । कम्पनीको ७० करोड ३४ लाख ९५ हजार बढी कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ३९ रुपैयाँ पुगेको छ ।
बिहीबार ८३ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बिहीबार २ कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ६.८८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्