काठमाडौं । साताको तोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ को बिन्दुमा पुगेर बन्द भएको हो ।
मंगलबार २ सय ९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २ सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार १३४ कम्पनीको सेयर मूल्य बढ्दा ९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार सिईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड ८१ लाख ८२ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य २ हजार १ सय १५ रुपैयाँ पुगेको छ ।
साथै, मंगलबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्