काडमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.४७ अंकले बढेर २६५५.८५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
आइतबार ३ सय ८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७ सय ६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय ७४ रुपैयाँ पुगेको छ ।
आइतबर ९० कम्पनीके सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको छ ।
साथै, आइतबार ३ कम्पनीके सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्