Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ७ अर्ब १२ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५३ अंकले बढेर २६२२.२८ बिन्दुमा पुगेर बन्द भएको हो ।

आइतबर १ सय ८५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार ३ सय २८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार १ सय १४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार १ सय १४ रुपैयाँ बराबर संकलन भएको छ ।

आइतबार उर्जा क्षेत्रमा लगानीकर्ताहरु झिुम्मिएका छन् । आइतबार सबैभन्दा भेरै साहास उर्जाको कारोबार भएको छ ।कम्पनीको ५७ करोड ८६ लाख ८८ हजार बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ९५ रुपैयाँ पुगेको छ ।

साथै, आइतबार सप्तकोशी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावरको सेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE