काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.६७ अंकले बढेर २६६३.५४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३०९ कम्पनीको ९७ लाख ७२ हजार १ सय ९६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३ सय ४० रुपैयाँ बराबर रुपैयाँ कारोबार भएको छ ।
बिहीबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ । कम्पनीको ५१ करोड १८ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २० रुपैयाँ पुगेको छ ।
बिहीबार २२७ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ ।
साथै, बिहीबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य १.८२ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्