काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को बिन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३ सय २ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार २ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार ८७ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८२ करोड २ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता न्युनतम मूल्य ९ हजार ३६ रुपैयाँ रहेको छ ।
मंगलबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ३ कम्पनीको सेयर मूल्यमा नकारतात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्