Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, काराेबार रकममा पनि गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३८ अंकले घटेर २६५५.९४ को बिन्दुले घटेर बन्द भएको हो ।

बुधबार ३ सय ८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७ सय ३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार २ सय ४६ रुपैयाँ बराबर कारोबार भएको छ ।

बुधबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड ४२ लाख १४ हजार रुपैयाँ बराबर संकलन भएको छ ।

बुधबार २८ कम्पनीको सेयर मूल्य बढ्दा २ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बुधबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ९.०६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्