काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.१० अंकले घटेर २६५४.३५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने अघिल्लो दिन ९ अबै २० करोड बढीको कारोबार भएको थियो ।
बिहीबार १५० कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३० करोड ८९ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ५ सय रुपैयाँ पुगेको छ ।
बिहीबार ३ कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सयर मूल्यमा नकारतात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्